सभामुखको निर्देशनपछि बजेट छलफलमा अर्थमन्त्री उपस्थित
बिहीबार, ०५ जेठ २०७९, १४ : २६
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनपछि अर्थमन्त्री जनार्दन शर्मा बजेट छलफलमा उपस्थित भएका छन् । प्रमुख प्रतिपक्षी दलको चासो सम्बोधन गर्नेक्रममा सभामुख सापकोटाले विनियोजन विधेयकमा उपस्थित हुन अर्थमन्त्रीलाई निर्देशन दिएका थिए ।
यसअघि, एमाले नेता विशाल भट्टराईले विनियोजन विधेयकको छलफलमा अर्थमन्त्री नै उपस्थित नभएको बताउँदै उनको खोजि गरेका थिए । ‘अर्थमन्त्री बिना कसरी विनियोजन विधेयकमा छलफल गर्नु,’ उनले प्रश्न गरेका थिए । प्रतिपक्षी दलले अर्थमन्त्री खोजेपछि सभामुख सापकोटाले छलफलमा उपस्थित हुन निर्देशन दिएका थिए । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ८ बमोजिम सम्बन्धित मन्त्रालयका मन्त्रीको बैठकमा उपस्थिति हुनपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण