बजेटमा उत्पादित कृषिजन्य वस्तुको बजारको खै सुनिश्चितता ?
बजेट भनेको राज्यले अल्पकाल, मध्यमकाल र दीर्घकाल रूपमा विकासमा लिने नीतिलाई सहयोग गर्ने दस्ताबेज हो । त्यसैले आगामी वर्षको बजेटले यसअघि बिगारेको अर्थतन्त्रको बाटो सच्याउने व्यवस्था गर्नुपर्छ । बजेटले कृषि नीति, शिक्षा नीति र अन्य दीर्घकालीन नीतिलाई प्रभावित र लाभान्वित पार्ने गरी बजेट ल्याउनुपर्छ । यस्तै, देशको अर्थतन्त्र कहाँ पुर्याउने भनेर रणनीति बजेटमा समेटिनुपर्छ । बजेटले आगामी ५ वर्षको अवधिमा देशको अर्थतन्त्रलाई कुन स्थितिमा पुर्याउने भन्ने ध्यान दिनुपर्छ । अब आउँदै गरेको बजेट निर्वाचन अघिको बजेट हो । त्यसैले जनतालाई रिझाउन लोकिप्रिय बजेट आउन पनि सक्छ ।
सरकारले अबको ५ वर्षभित्र अर्थतन्त्रलाई एउटा स्थानमा पु्रयाउने गरी बजेट ल्याउन सकेमा अर्थतन्त्र मजबुत बन्न सक्छ । हाम्रो उत्पादन र उपभोगबीच नमिलेको तालमेललाई समेत बजेटले मिलाउने व्यवस्था यस सरकारले गरेमो सुनमा सुगन्ध हुनेछ । यसका लागि सरकारले मध्यमकालीन योजना बनाएर आयात प्रतिस्थापन गर्न सक्ने वस्तुहरूको सूची बनाएर योजनाबद्ध ढंगबाटै अघि बढ्नुपर्छ । आत्मनिर्भर बन्ने सक्ने वस्तुको सूची र भविष्यमा निर्यात गर्न सकिने वस्तुको सूची बनाउनुपर्छ । यसमा स्पष्ट नीति ल्याउनुपर्छ ।
सरकारले कुन वस्तुको आयात गर्ने, कुन वस्तुको आयात प्रतिस्थापन गर्ने र कुन वस्तुको निर्यात प्रोत्साहन गर्ने भन्ने विषय स्पष्ट रूपमा केलाउनुपर्छ । यसै गरी, नेपालले शिक्षामा गरेको लगानीबाट विदेशी मुलुकले लाभ लिइरहेका छन् । हामी लाखौं खर्च गरेर डाक्टर, इञ्जिनियर बनाउँछौं । तर, ती दक्ष जनशक्ति रोजगारीको सिलसिलामा पश्चिमा मुलुकतर्फ पलायन हुन्छन् । यस अर्थमा हामीले शिक्षामा गरेको लगानीबाट आफैले लाभ लिन सकिरहेका छैनौं ।
विदेश पलायन हुने ‘ट्रेण्ड’ रोक्न सरकारले उत्कृष्ट रणनीति अघि सार्नुपर्छ । जस्तै, के–कस्ता व्यवस्था गर्न सकेमा युवाहरू विदेश पलायन हुँदैनन् र युवाहरूलाई कसरी स्वदेशमै राख्न सकिन्छ भनेर अध्ययन गर्नुपर्छ । यसै गरी, दक्ष जनशक्तिलाई उद्यमतर्फ समेत प्रोत्साहन गर्न बजेटले सक्नुपर्छ । यी विषयमा राम्रोसँग काम गर्न सकिएन भने दीर्घकालीन अवस्थामा देशको अर्थतन्त्रमा ठूलो समस्या पर्न सक्छ ।
यसै गरी, निर्माण सम्पन्न भएका पूर्वाधार गुणस्तरीय हुनुपर्छ । अहिले त निर्माण सकिएको ६ महिना नपुग्दै भत्किन थाल्छ । यस्तै अर्बौ लगानी गरेर बनाइएका पूर्वाधार उत्पादकत्वसँग जोडिनुपर्छ । उदाहरणका लागि सुनौलीबाट पोखरा जान समयमा नपुगिने दुई÷तीन वटा सडकमार्ग हुनुभन्दा समयमै पुगिने एउटै सडक भएको राम्रो हुन्छ । बनेका सडकमार्ग स्तरीय हुनुपर्यो र समयमै गन्तव्य पुग्न सकियो भने उत्पादकत्वसँगै पर्यटन बढाउँछ । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षदेखि देशको आर्थिक स्थिति, रोजगारी र उत्पादकत्व बढाउने ठूला आयोजनालाई अघि बढाउने गरी बजेट छुट्याउनुपर्छ ।
मेलम्चीको पानी काठमाडौंमा ल्याउनै ३० वर्ष लाग्यो । तर, अन्य नदीहरूको तुलनामा मेलम्चीको पानी गुणस्तरीय भएर ल्याइएको होइन । हामीले बनाएको मेलम्चीको सट्टा चन्द्रागिरी, सुन्दरीजल, दक्षिणकाली वा त्रिशुलीको पानी ल्याउँदा तुलनात्मक हिसाबमा सस्तो पर्न सक्थ्यो कि ? प्राथमिकता र आवश्यकताका आधारमा अनुसन्धान गरेर यस्ता ठूला आयोजना अघि बढाउन सके समयमा सम्पन्न हुन्थ्यो ।
हाम्रो देशमा सबैभन्दा हेपिएको क्षेत्र कृषि हो । यसको उत्पादन बढाउँदा रोजगारी पनि बढाउने र उद्योगधन्दातर्फ पनि मध्यम र साना उद्योगलाई कच्चा पदार्थ उपलब्ध गराउन सक्छ । कृषि उत्पादनलाई चीन र भारतको भन्दा फरक तरिकाबाट अघि बढाउन सक्नुपर्छ । इजरायलको खेती प्रणाली वा युरोपियन मुलुकको कृषि प्रणाली उदाहरणका रूपमा अघि बढाउन सकिन्छ । यस्तै, हिमाली भेगमा तिब्बतीयन खेती प्रणाली लागू हुन सक्छ । तर, यसका लागि विस्तृत अध्ययन गरिनुपर्छ । तराईमा अन्य मुलुकको खेती प्रणाली राम्रो हुन सक्ला । यसबारे विस्तृतमा अध्ययन गरेर अघि बढाउनुपर्छ ।
कृषि पेशा अन्य व्यवसायभन्दा सम्मानजनक पेशा हो भन्ने छाप सरकारी स्तरबाटै छाडिनुपर्छ । कृषिलाई उत्पादनमूलक उद्योगको उत्पादन चक्रमा जोडेर उत्पादित वस्तु किन्ने व्यवस्था सरकारले गरेमा यस क्षेत्रमा लाग्ने जनसंख्या बढ्न सक्छ । यसको अर्थ सरकारबाट उत्पादित वस्तु खेर जान दिइँदैन भनेर गर्ने व्यवस्था हो । समग्रमा भन्दा कृषि क्षेत्रलाई सरकारले ध्यानमा राखेर बजेट बनाउनुपर्छ । बढ्दै गएको बाँझो जमिनको उपयोग गरेर कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्नतर्फ र भविष्यमा निर्यात बढाउने लक्ष्य बजेटमा समेट्न सके अझ वेश हुन्छ ।
पौडेल त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका सह–प्राध्यापक हुन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण