शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

१० औं नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १५ देशका २६ फिल्म छनौट

आइतबार, ०८ जेठ २०७९, १२ : १८
आइतबार, ०८ जेठ २०७९

१० औं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२’ यही १५ देखि १७ जेठसम्म तीन दिन काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भएको छ । कलेज अफ जर्नालिज्म एन्ड मास कम्यूनिकेशन र विलक्षण क्रिएसन प्रालिको आयोजनामा हुन लागेको यो महोत्सवमा विभिन्न देशका १०० भन्दा बढी फिल्म प्राप्त भएका थिए । जसमध्यबाट निर्णायक समितिले २६ वटा फिल्म चयन गरेको छ । 

नेपाल सहित १५ देशका २६ वटा फिल्म चयन भएको महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले बताइन् । कोरोना महामारी मत्थर भएकाले यतिबेला यो महोत्सव गर्न लागिएको पनि उनले जानकारी दिइन् । नेपाल र अफ्रिकाको चलचित्र संस्कृति आदानप्रदानका लागि फेस्टिभल आयोजना हुँदै आएको हो । महोत्सव निर्देशक डब्बु क्षत्रीका अनुसार यो महोत्सवमा विदेशबाट १४ मुलुकका १५ वटा चलचित्र चयन भएका छन् । जस मध्य अधिकांश अफ्रिकन मुलुकबाट फिल्म चयन गरिएको छ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषय वस्तुमा आधारित फिल्म पनि महोत्सवमा चयन भएका छन् । 

महोत्सवका लागि फिल्म चयन भएका बिदेशी मुलुकहरुमा बुर्किना फासो, इजिप्ट, ट्युनिशिया, संयुक्त राज्य अमेरिका, घाना, सोमालिया, अस्ट्रिया, जर्मनी, बेनिन, कंगो, फ्रान्स, क्यामरुन, अल्जेरिया, मोरक्को रहेका छन् ।
महोत्सवमा नेपालबाट १२ वटा फिल्म छानिएका छन् । जस मध्य ८ वटा चलचित्र खुला प्रतिस्पर्धा अन्तर्गत रहेको छ । जसमा द ब्लाक कर्नर, ऐना, राईज, शंका, कुइनेटो, गरिमा, द डटर, थर्ड आई रहेका छन् ।
यस्तै यसपटक विद्यार्थीहरुको फिल्मलाई छुट्टै प्रतिस्पर्धामा राखिएको छ । फिल्मका विधार्थी फिल्म प्रतिस्पर्धामा विधार्थीहरुले बनाएको फिल्म राखिएको हो । जसमा झोल, सेफ्टी पिन, आखिर किन र द डेलिभरी रहेका छन् । 

यस्तै बिदेशी फिल्म तर्फ बुर्किना फासोको लोयल ड्यु साएक्लोन–आई अफ द साएक्लोन, मोरक्कोको घोष्ट अफ स्पेश टाइम, अल्जेरियाको ला चेम्बर, क्यामरुन लेश मेलोडियस डु, फ्रान्सको ले मोन्डे डी चिज टी काफ, कंगोको एबुला नगान्दो, बेनिनको ले मोन्डे ए लिप्रियुभी, सोमालिया/अस्ष्ट्रिया/रजर्मनीको लाईफ अन द हर्न, घानाको लिबर्टी, ट्युनेशिया/युएसएको द मेन हु बिकेम म्युजियम रहेका छन् । यस्तै इजिप्टबाट यसपटक दिई ईज माई नाइट, आजिया, द अदर चेक, एबाउट ए गर्ल सहित ४ वटा चलचित्र चयन भएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप