काठमाडौं महानगर प्रमुखमा बालेन साह जित उन्मुख हुँदा पुर्ख्यौली गाउँमा खुसीयाली
काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह उर्फ बालेन जित उन्मुख भइरहँदा उनको पुर्ख्यौली गाउँमा आफन्तजनसहित गाउँलेहरु निकै हौसिएका छन् । मधेस प्रदेशको महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर २ बालेन्द्र साहको पुर्ख्यौली थलो हो । अहिले बालेनको पुर्ख्यौली थलोमा उनका आफन्तजनसहित छरछिमेकीहरु काठमाडौं महानगर प्रमुखमा बालेनले फराकिलो अग्रता बनाइरहँदा खुसी छन् ।
बालेनको पुर्ख्यौली घरमा अहिले एकडारा गाउँपालिकाको कार्यालय स्थापना गरिएको छ । उनीहरु गाउँमा आउँदा आफन्तको घरमा बस्ने गर्दछन् । पहिलो पटक मधेसको एउटा ठिटो काठमाडौं महानगरपालिकाको प्रमुखमा दोब्बर मतले अगाडि रहँदा एकडाराका बासिन्दा गद्गद् छन् ।
बालेन निर्वाचित भएपछि उनलाई सम्मान र बधाई ज्ञापन गर्नकै लागि भए पनि यहाँका युवाहरु काठमाडौं जाने योजना बुनिरहेका छन् । बालेनका हजुरबुबा मुनिलाल साह यो गाउँका जमिनदार मानिन्थे । मुनिलालका छोरा डा.रामनारायण साह करिब चार दशक अघि नै काठमाडौंको सिंहदरबारस्थित आयूर्वेद औषधालयमा चिकित्सको रुपमा काम गर्न गएका थिए । त्यही बेलादेखि उनी काठमाडौंमा बसोबास गर्दै आएका छन् ।
बालेन साहको पुर्ख्यौली घर
उनले त्यहीँ विवाह गरे । रामनारायणका दुई छोरा जन्मिए । जसमध्ये जेठो कौशलेन्द्र साह र कान्छो बालेन्द्र साह हुन् । एकडारा गाउँमा बस्दै आएका बद्रीनारायण साह नाताले बालेनका हजुरबुबा पर्दछन् । बालेन काठमाडौं महानगरको प्रमुखमा जित उन्मुख भएको सुनेपछि आफूमा एक किसिमको कौतुहलता जागेको बद्रीनारायण बताउँछन् ।
स्थानीयवासी सुजित कुमार यादवले बालेन साहले काठमाडौं महानगरको प्रमुखमा फराकिलो अग्रता बनाएकोमा आफूहरुलाई खुसी लागेको बताए । उनका अनुसार बालेनको परिवार जमिनदार भएकाले विगतमा गाउँका थुप्रै गरिबलाई आफ्नो जमिनमा बसोबास गर्न दिएको, गाउँमा बजार लगाउनका लागि जग्गा दिएको र गाउँघरमा हुने सामाजिक कार्यहरुमा समेत अग्रसरता लिने गरेको छ ।
उनले भने, ‘बालेनको घरपरिवारले यो गाउँमा धेरै गुन लगाएको छ, यो गाउँसमाजमा उहाँहरुको धेरै योगदान छ ।’ स्थानीयवासी राजकुमार यादवले पनि बालेन काठमाडौं महानगरको प्रमुखमा विजयउन्मुख हुँदै गएकोमा खुसी व्यक्त गरे ।

त्यस्तै मोहम्मद इमुमामुदिन राइनले भने अहिलेसम्म बालेनलाई प्रत्यक्ष रुपमा नदेखेको बताए । यद्यपि उनको चर्चा गाउँमा दिनहुँ हुने गरेको उनी बताउँछन् । उनले काठमाडौं महानगरको मतगणना सम्पन्न भएपछि बालेनको भव्यरुपमा सम्मान गर्न, स्वागत गर्न र बधाई ज्ञापन गर्न आफू लगायत गाउँका धेरै जना काठमाडौं जाने तयारीमा रहेको बताए । कुरेशा खातुनले पनि बालेन विजयी भएको खबर सुन्न आफूहरु आतुर रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण