प्रचण्डको विश्लेषण : पहिला जितेका जनप्रतिनिधि दोहोर्याउँदा ५० प्रतिशत सिट हार्यौँ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले २०७४ सालमा जितेका जनप्रतिनिधि दोहोर्याएर चुनाव लडाउँदा ५० प्रतिशत स्थानीय तह हारेको बताएका छन्। पूर्व स्थायी समितिको प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा प्रचण्डले दोहोर्याएर उठेका जनप्रतिनिधि हार्नुको कारण खोज्नु पर्ने बताएका छन्।
‘हामीले २०७४ सालमा निर्वाचित प्रमुख वा उपप्रमुखलाई दोहोर्याएर चुनाव लड्न दिँदा जितिन्छ कि भन्ने भयो। उल्टै हारियो। बरु हामीले यसअघि नजितेका स्थानीय तह जित्यौँ,’ प्रचण्डको भनाई उदृत गर्दै नेता गिरिराजमणि पोखरेलले भने,‘यसअघि निर्वाचित जनप्रतिनिधि उठाउँदा ५० प्रतिशत स्थानीय तह हारेका छौ। त्यसैले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई बोलाएर प्रशिक्षण दिन लागेका छौँ ।’ स्थानीय तहमा उठ्ने जनप्रतिनिधि छनोटमा ध्यान नपुर्याउँदा धेरै स्थानीय तहमा हारेको प्रचण्डले बताए। यस्तै मधेस प्रदेशमा चुनाव हारेको विषयमा समेत प्रचण्डले चर्चा गरेको नेता पोखरेलले बताए।
‘मधेसमा माओवादीको राम्रै छ भन्ने भयो। त्यति ध्यान दिइएन । हाम्रो पनि अलिअलि प्राविधिक समस्या थियो,’ प्रचण्डले भने,‘नतिजा आउँदा माओवादी धेरै तल पुग्यो। अब मधेसमा माओवादीलाई रिभाइभ गर्न लाग्नु पर्ने देखियो।’ आगामी जेठ २० गते बस्ने केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनको गम्भीर समीक्षा गर्ने पोखरेलले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

