अझै २ दिन वर्षाको सम्भावना : सचेत रहन मौसमविद्को आग्रह
जल तथा मौसम पूर्वानुमान शाखाले नेपालका विभिन्न भूभागमा अझै २ दिन वर्षा हुने भएकोले सचेत रहन आग्रह गरेको छ । बिहीबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा हुन थालेकोमा यो क्रम अझै सोमबारसम्म जारी रहने मौसमविद् बिनु महर्जनले रातोपाटीलाई जानकारी दिइन् ।
आज प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको उनको भनाई छ । नेपालको स्थानीय बायु, भारतको उत्तर प्रदेश विहार आसपासमा विकास भएको न्यून चापीय रेखा र पश्चिमी वायुको संयुक्त प्रभावका कारण नेपालमा वर्षा भइरहेको मौसमविद् महर्जनले बताइन् ।
उनले भारतको उत्तर प्रदेशमा भूभागमा पनि पानी परिरहेको बताउँदै उनले बङ्गालको खाडी तथा भारतको आकाशमा विकास भएको जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेका कारण वर्षा भएको बताइन् । मनसुन पूर्वको समय भएकोले स्थानीय वायु पनि त्यसमा मिसिँदा भारी वर्षाको अवस्था सिर्जना भएको उनको भनाई छ ।
उनले भनिन्–‘मौसमको यो अवस्था अझै २ दिन रहन सक्छ । पूर्वी भाग, बागमती प्रदेश, मधेस प्रदेशमा भोलि पनि पानी पर्ने सम्भावना रहेको छ । ति स्थानमा हल्कादेखि मध्यम स्तरको वर्षाको सम्भावना रहेको छ । आज पश्चिमका पहाडी भूभागहरूमा पनि वर्षाको सम्भावना रहेको छ । मौसम तत्काल खुला हुने भन्दा पनि अझै ३ दिनसम्म बदली हुने नै देखिएको छ ।’
दिउँसो ११ देखि १२ बजे एक घण्टाको समयमा काठमाडौँको एयरपोर्ट क्षेत्रमा ५ मिलिमिटर भन्दा बढी वर्षा भएको छ । शनिवार बिहान प्रदेश १ र मधेस प्रदेशमा पनि भारी वर्षा भएको उनले बताइन् । नेपालमा मनसुन सुरु भई नसकेको र सामान्यत जुन १३ अर्थात जेठ ३० गतेपछिको समयदेखि मनसुन सुरु हुने गरेको मौसमविद्को भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण