अझै २ दिन वर्षाको सम्भावना : सचेत रहन मौसमविद्को आग्रह
जल तथा मौसम पूर्वानुमान शाखाले नेपालका विभिन्न भूभागमा अझै २ दिन वर्षा हुने भएकोले सचेत रहन आग्रह गरेको छ । बिहीबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा हुन थालेकोमा यो क्रम अझै सोमबारसम्म जारी रहने मौसमविद् बिनु महर्जनले रातोपाटीलाई जानकारी दिइन् ।
आज प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको उनको भनाई छ । नेपालको स्थानीय बायु, भारतको उत्तर प्रदेश विहार आसपासमा विकास भएको न्यून चापीय रेखा र पश्चिमी वायुको संयुक्त प्रभावका कारण नेपालमा वर्षा भइरहेको मौसमविद् महर्जनले बताइन् ।
उनले भारतको उत्तर प्रदेशमा भूभागमा पनि पानी परिरहेको बताउँदै उनले बङ्गालको खाडी तथा भारतको आकाशमा विकास भएको जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेका कारण वर्षा भएको बताइन् । मनसुन पूर्वको समय भएकोले स्थानीय वायु पनि त्यसमा मिसिँदा भारी वर्षाको अवस्था सिर्जना भएको उनको भनाई छ ।
उनले भनिन्–‘मौसमको यो अवस्था अझै २ दिन रहन सक्छ । पूर्वी भाग, बागमती प्रदेश, मधेस प्रदेशमा भोलि पनि पानी पर्ने सम्भावना रहेको छ । ति स्थानमा हल्कादेखि मध्यम स्तरको वर्षाको सम्भावना रहेको छ । आज पश्चिमका पहाडी भूभागहरूमा पनि वर्षाको सम्भावना रहेको छ । मौसम तत्काल खुला हुने भन्दा पनि अझै ३ दिनसम्म बदली हुने नै देखिएको छ ।’
दिउँसो ११ देखि १२ बजे एक घण्टाको समयमा काठमाडौँको एयरपोर्ट क्षेत्रमा ५ मिलिमिटर भन्दा बढी वर्षा भएको छ । शनिवार बिहान प्रदेश १ र मधेस प्रदेशमा पनि भारी वर्षा भएको उनले बताइन् । नेपालमा मनसुन सुरु भई नसकेको र सामान्यत जुन १३ अर्थात जेठ ३० गतेपछिको समयदेखि मनसुन सुरु हुने गरेको मौसमविद्को भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अफगानिस्तानको अर्को क्षेत्रमा पनि बाढी, कम्तीमा ५० जनाको मृत्यु
-
ललितपुर आगलागी : ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो
-
रुसले उत्तरपूर्वी क्षेत्रमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आशङ्का
-
प्रहरी जवानको हत्या आशङ्कामा ६ जना पक्राउ
-
अपराध न्यूनीकरणका लागि स्कुल पढाउने प्रहरी निरीक्षक फूलमाया