बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बिना कागजात नेपालमा घुमिरहेको भारतीय कार नियन्त्रणमा

सोमबार, १६ जेठ २०७९, २१ : ५५
सोमबार, १६ जेठ २०७९

पूर्वी नेपालको भारतीय सीमा–नाका हुँदै विना रोकटोक हप्तौँ  सम्म नेपालका विभिन्न स्थानमा घुमफिर गरेको  भारतीय नम्बर प्लेटको कारलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।   भारत–नेपाल सीमा–नाका रुपन्देहीको बेलहियाबाट गत राति जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त प्रहरी गस्तीले नियन्त्रणमा लिएको हो ।

रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौड्यालका अनुसार एमपी १९ सिसी ६६०२ लेखिएको भारतीय नम्बर प्लेटको कारलाई प्रहरीले रोकी चेकजाँच गर्ने क्रममा कारको नेपाल तर्फ प्रवेश गर्ने कुनै आधिकारिक भन्सार पत्र नभएको र अन्य कागज पत्र पनि नपाइएका कारण  सोधपुछ गर्न सुरु गरेको थियो ।

त्यस क्रममा कारमा सवारहरूले आफूहरू इलामको पशुपतिनगर सीमा नाका हुँदै भारतबाट नेपाल प्रवेश गरी  एक हप्ता सम्म पोखरा , काठमाडौँ लगायतका स्थानमा घुमीफिर गरी भारत तर्फ जान लागेको बताएका थिए । त्यसरी विना भन्सार अवैध ढंगले  नेपाल प्रवेश गरी बिना रोकटोक हप्ता दिन सम्म नेपालका विभिन्न सहरमा घुमफिर गरेको प्रति आशङ्का गरी प्रहरीले उक्त कारको अन्दाजी मूल्य २० लाख बराबरको तोकी नियन्त्रणमा लिई भैरहवा भन्सार कार्यालयमा बुझाएको थियो । प्रहरीले त्यस कारमा सवार मानिसहरूको नाम विवरण र सङ्ख्या भने खुलाएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप