लगनखेलबाट जावलाखेल लगियो रातो मच्छिन्द्रनाथको रथ, तस्बिरहरु हेर्नुहोस्
बुधबार, १८ जेठ २०७९, १९ : ३७
तीन सातासम्म लगनखेलमा रहेको रातो मच्छिन्द्रनाथको रथ बुधबार जावलाखेल लगिएको छ। गुरुज्यूको पल्टनले हर्षबढाइँ गरेपछि विभिन्न टोलका बासिन्दा भेला भएर रथ तानेर जावलाखेल पुर्याएका हुन्।
रथलाई जावलाखेल पुर्याएपछि पल्टनले फेरि हर्षबढाइँ गरिन्छ। यस क्रममा जीवित कुमारीलाई पनि कुमारीपाटीस्थित पाटीमा विराजमान गराई रथ तानेको अवलोकन गराउने परम्परा पनि रहेको छ। रथलाई जावलाखेल लगेपछि भोटो देखाउने मितिले औपचारिकता पाउँछ। यो वर्ष जेठ २१ गते भोटो जात्रा गर्ने तयारी छ । रथयात्रा गत वैशाख २१ गते पुल्चोकबाट सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरुण दलको बैठकमा कुटाकुट
-
एक साताभित्र सरकारलाई पूर्णता दिन्छौँ : मुख्यमन्त्री कार्की
-
नीति कार्यक्रमबारे देउवा र लामिछानेलाई सभामुखको टेलिफोन
-
मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत : पक्षमा ५७, विपक्षमा शून्य
-
बढ्यो सेयर बजार, ३ अर्ब ४० करोडको कारोबार
-
भन्सार विभाग घेराउका क्रममा प्रहरीको धरपकड, केही प्रदर्शनकारी पक्राउ