यौनसम्बन्ध बिना विवाह गरेको ८ वर्ष बित्यो, अभिनेत्रीका नेता श्रीमान्ले सोधे, ‘अझै कति कुर्ने ?’
उडिया फिल्मकी अभिनेत्री वर्षा प्रियदर्शिनी तथा उनका श्रीमान् बीजेडी सांसद अुनभव मेहन्तीको सम्बन्धविच्छेद यतिबेला चर्चामा छ । अनुभव अभिनेताबाट सांसद बनेका हुन् । सोसल मिडियामा पनि यी दुईको नीजि कहानी भाइरल भइरहेको छ । अनुभवका अनुसार विवाहको यत्तिका वर्ष बितिसक्दा पनि यी दुईबीच यौनसम्बन्ध स्थापित हुन सकेको छैन । श्रीमतीले उनलाई छुनसमेत नदिने उनले बताएका छन् । अनुभवले यो सबै कुरा सोसल मिडियामा पनि पोस्ट गरेका छन् । सम्बन्धविच्छेलको यो मुद्दा यतिबेला उडिसा उच्च अदालतमा चलिरहेको छ ।
यस्तै, वर्षाले पनि आफ्ना श्रीमानमाथि घरेलु हिंसाको मुद्दा दर्ता गरेकी छिन् । वर्षाले अनुभवका साथीहरु रक्सी पिउन घरमा आउने गरेको र यस्तो नगर्न भन्दा उनीमाथि कुटपिट हुने गरेको पनि आरोप लगाएकी छिन् । यसका साथै वर्षाले अनुभवको अन्य महिलासँग पनि अफेयर भएको आरोप लगाएकी छिन् ।
त्यसपछि अनुभवले सेप्टेम्बर २०२० मा सम्बन्धविच्छेदका लागि दिल्लीमा एक याचिका दायर गरेका थिए जसको सुनुवाई हाल चलिरहेको छ ।
२६ मे २०२२ मा अभिनेत्री वर्षाले उच्च अदालतमा एक याचिका दर्ता गरेकी थिइन् जसमा उनले अनुभवले उनीविरुद्ध कुनै पनि बयानबाजी वा भिडियो पोस्ट गर्न नपाउने माग गरिएको थियो । उच्च अदालतले यो मामिलामा सुनुवाई गर्दै दुबैले कुनै पनि मञ्चमा एक–अर्काविरुद्ध बयान वा भिडियो पोस्ट नगर्न आदेश दिएको थियो । सम्बन्धविच्छेदको सुनुवाई कोर्टमा पूरा नभएसम्म यो आदेश लागू हुने पनि बताइयो । यसको अर्को सुनुवाई ४ जुलाईमा हुनेछ ।
वास्तवमा एउटा भिडियोमा श्रीमानले भनेका थिए, ‘हाम्रो विवाह भएको यत्तिका वर्ष बितिसकेको छ तर हामीबीच सेक्स भएको छैन । अब तपाईंहरु नै भन्नुहोस् कि कोही श्रीमान्ले कति दिनसम्म कुर्ने ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण