गृह मन्त्रालयले निकाल्यो शनिबार सार्वजनिक बिदाको सूचना
शुक्रबार, २० जेठ २०७९, १७ : ३६
गृह मन्त्रालयले शनिबार सार्वजनिक बिदाको सूचना निकालेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै शनिबार पनि सार्वजनिक बिदा दिइने सूचना निकालेको हो ।
सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन भोली (शनिबार) सार्वजनिक बिदा दिइएको जनाएको हो । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलबाट जावलाखेल पुगेको चौथो दिन मच्छिन्द्रनाथको भोटो राष्टपति विद्यादेवी भण्डारीले देखाउने परम्परा रहेको छ । सोअवसरमा देशभर सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट साँस्कृतिक पर्वका रुपमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण