तालिबानद्वारा अनिश्चितकालीन युद्धविरामको घोषणा
शनिबार, २१ जेठ २०७९, ०८ : १५
पाकिस्तानको तालिबान समूहले सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ । अफगानिस्तानको तालिबान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो ।
दी पाकिस्तानी तालिबान (टीटीपी) ले काबुलमा भएको वार्तामा पर्याप्त प्रगति भएको र अर्को सूचना नभएसम्मका लागि युद्धविराम लम्बिएको जनाएको छ । पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएको छ । टीटीपीले पाकिस्तानको सशस्त्र फौजसँग वर्षौंदेखि लडिरहेको छ ।
टीटीपीले अफगानिस्तानको सिमानामा रहेको पाकिस्तानी क्षेत्रहरूमा शरिया कानूनको कठोर ढंगले लागू गर्न चाहन्छ । पहाडी क्षेत्र लामो समयदेखि चरमपन्थी गतिविधिको केन्द्र बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण