मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

यूइएफए नेसन्स लिग : इटाली र जर्मनले अंक बाँडे

आइतबार, २२ जेठ २०७९, ०७ : ३९
आइतबार, २२ जेठ २०७९

युरो २०२२ च्याम्पियन इटाली र जर्मनीले यूइएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

शनिबार राति इटालीको बोलोग्नामा भएको खेलमा घरेलु टोलीका लागि ७० औँ मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गरे । जर्मनीका योसुवा किम्मिखले ७३ औँ मिनेटमा बराबरी गोल फर्काए । 

बराबरीसँगै दुवै टोलीले समूहमा समान एक अंक जोडेका छन् । यस समूहमा हंगेरी ३ अंक जोडेर शीर्ष स्थानमा छ । इंग्ल्यान्ड पुछारमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप