भारतमा घट्यो खानेतेलको मूल्य
भारतमा खानेतेलको मूल्य घट्न थालेको छ । भारत सरकारले खानेतेलको कच्चा पदार्थको भन्सार दर शून्यमा झारेपछि मूल्य घट्न थालेको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार खानेतेलको मूल्यमा प्रतिलिटर २० रुपैयाँसम्म गिरावट आउन थालेको छ ।
भारतले कच्चा पदार्थको भन्सार दर घटाउँदा तथा इण्डोनेशियाबाट पाम तेल आयात सुरू हुँदा मूल्य घटेको बताइएको छ । सर्सिउँ, सोयाविन र पाम तेलकै मूल्य ओरालो लागेको हो । १८ मेमा प्रतिलिटर १८५ भारु रहेको सोयाविन तेलको मूल्य हाल १७० रुपैयाँ छ ।
यस्तै, सोही मितिमा १८५ भारु प्रतिलिटर मूल्य रहेको सर्सिउँको तेलको मूल्य १७० भारु कायम भएको छ । यसका साथै, प्रतिलिटर ३२० रुपैयाँ रहेको तिलको तेलको मूल्य ३०० रुपैयाँ आइपुगेको छ । यसैगरी, बदामको तेलको मूल्य २०० भारुबाट घटेर १८० भारुमा आइपुगेको हिन्दुस्तानले लेखेको छ ।
भारतीय व्यापारी हेमन्त गुप्ताका अनुसार भारत सरकारले भन्सार महसुल घटाउने घोषणा गरेसँगै तेलको मूल्य घट्न थालेको हो । यस्तै, इण्डोनेशियाले पाम तेलको निकासी फुकुवा गरेपछि समेत मूल्य घट्न थालेको भारतीय व्यापारीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण