भारतमा घट्यो खानेतेलको मूल्य

भारतमा खानेतेलको मूल्य घट्न थालेको छ । भारत सरकारले खानेतेलको कच्चा पदार्थको भन्सार दर शून्यमा झारेपछि मूल्य घट्न थालेको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार खानेतेलको मूल्यमा प्रतिलिटर २० रुपैयाँसम्म गिरावट आउन थालेको छ ।
भारतले कच्चा पदार्थको भन्सार दर घटाउँदा तथा इण्डोनेशियाबाट पाम तेल आयात सुरू हुँदा मूल्य घटेको बताइएको छ । सर्सिउँ, सोयाविन र पाम तेलकै मूल्य ओरालो लागेको हो । १८ मेमा प्रतिलिटर १८५ भारु रहेको सोयाविन तेलको मूल्य हाल १७० रुपैयाँ छ ।
यस्तै, सोही मितिमा १८५ भारु प्रतिलिटर मूल्य रहेको सर्सिउँको तेलको मूल्य १७० भारु कायम भएको छ । यसका साथै, प्रतिलिटर ३२० रुपैयाँ रहेको तिलको तेलको मूल्य ३०० रुपैयाँ आइपुगेको छ । यसैगरी, बदामको तेलको मूल्य २०० भारुबाट घटेर १८० भारुमा आइपुगेको हिन्दुस्तानले लेखेको छ ।
भारतीय व्यापारी हेमन्त गुप्ताका अनुसार भारत सरकारले भन्सार महसुल घटाउने घोषणा गरेसँगै तेलको मूल्य घट्न थालेको हो । यस्तै, इण्डोनेशियाले पाम तेलको निकासी फुकुवा गरेपछि समेत मूल्य घट्न थालेको भारतीय व्यापारीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जमा जसपा नेपालको खबरदारी सभा,परिसंघको संघर्षका कार्यक्रम सार्वजनिक
-
रेशम चौधरीले जब आमासँग राजनीति छाड्ने प्रस्ताव राखे...!
-
फ्लिकले कसरी ‘फुच्चे केटाहरू’ को टोलीलाई च्याम्पियन बनाए ?
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण