बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुकमार्फत चिनजान, प्रेमिका बनाएर सामूहिक बलात्कार

सात जना पक्राउ
सोमबार, २३ जेठ २०७९, १४ : १७
सोमबार, २३ जेठ २०७९

फेसबुक मार्फत चिनजान भएर प्रेमिका बनाइएकी एक किशोरीलाई आफ्नो ‘बर्थ डे’ मनाउन बोलाएर बाँके जिल्लाका एक युवकले साथीसँग मिलेर सामूहिक बलात्कार गरेका छन् । प्रहरीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिकाकी १६ वर्षीय किशोरीलाई शनिबार राति बैजनाथ गाउँपालिका–८ निवासी प्रेमी भनिएका हेमराज थारुसहित पाँच जनाले पालैपालो बलात्कार गरेका हुन् ।

सामूहिक बलात्कारमा संलग्न पाँचजना र घटनामा सहयोगी भूमिका निर्वाह गरेका दुई जनासहित सात जनालाई प्रहरीले आइतबार पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका विरुद्ध जवरजस्ती करणी विरुद्धको मुद्दा दायर गरी अनुसन्धान गरिएको बाँकेका जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । 

डीएसपी न्यौपानेका अनुसार कथित प्रेमी भनिएका चौधरी, विक्रान्त थारु, निराजन थारु, प्रवीण थारु र राजकुमार थारु बलात्कार अभियोगमा पक्राउ परेका छन् भने विश्वनाथ थारु र निर्देश थारूलाई घटनामा सहयोगी (मतियार) को भूमिका निर्वाह गरेको अभियोगमा पक्राउ गरिएको हो ।

घटना यसरी सुरु हुन्छ
प्रहरीका अनुसार शनिबार साँझ आफ्नो ‘बर्थ डे’ पार्टी मनाउन भन्दै हेमराजले ती किशोरीलाई बाँके र बर्दियाको बीचमा पर्ने मनाखोला भन्ने स्थानमा बोलाएका थिए । प्रेमीले बोलाएपछि बस चढेर आएकी उनलाई पहिला चौधरीले आफूसहित अन्य चार जना साथीलाई लिएर बढैया ताल घुमाउन लगेका थिए । त्यहाँबाट फर्केर मनाखोलाको फुलवारीमा आई मदिरा सेवनसहित बर्थे डे मनाउन सुरु गरेका उनीहरुले ती किशोरीलाई पनि मदिरा पिउन बाध्य पारेको बताइएको छ ।

मदिरा पिउँदै जाँदा किशोरी लठ्ठ परेपछि प्रेमी चौधरीसहित पाँच जनाले पालैपालो बलात्कार गरेको प्रहरीको भनाइ छ । सामूहिक बलात्कारका क्रममा बेहोस भएकी किशोरीलाई मोटरसाईकलमा चढाएर बैजनाथको विपरी भन्ने स्थानमा रहेको विक्रम थारुको गोठमा लगेर उनीहरुले सुताएका थिए । केही बेरपछि होस खुलेकी उनलाई फेरि निराजन र विक्रान्तले बलात्कार गरेका थिए ।

तत्पश्चात अर्धचेत बनेकी उनलाई मोटरसाइकलमा राखेर उनको घर लैजाँदै गरेको अवस्थामा नेपालगञ्ज–गुलरिया सडकखण्डको उढारापुरानमा प्रहरीलाई शंका लागेर सोधपुछ गरेको थियो । प्रहरीसमक्ष किशोरीले बलात्कारबारे बताएपछि तत्कालै तीन जना र क्रमशः अन्यलाई ईलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक प्रेम प्रसाद रेग्मीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप