बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेयमारको निर्णायक गोलमा ब्राजिलले जापानलाई हरायो

मङ्गलबार, २४ जेठ २०७९, ०५ : ५६
मङ्गलबार, २४ जेठ २०७९

स्टार खेलाडी नेयमारको निर्णायक गोलप्रेरित ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली प्रतिस्पर्धी जापानलाई १–० ले पराजित गरेको छ । सोमबार टोक्योस्थित जापान नेसनल स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलको जितमा नेयमारले  ७७औं मिनेटमा पेनाल्टीमा गोल गरे । 

यसै वर्ष कतारमा हुने विश्वकपअघि दुई देशले मैत्रीपूर्ण खेल खेलेका हुन् । यसअघि पहिलो मैत्रीपूर्ण खेलमा जापानले अर्को दक्षिण अमेरिकी प्रतिद्वन्दी पाराग्वेमाथि ४–१ को सहज जित निकालेको थियो ।

ब्राजिलले पनि पहिलो खेलमा एसियाली राष्ट्र दक्षिण कोरियालाई ५–१ ले पराजित गरेको थियो । जापानले हालसम्म ब्राजिललाई हराउन सकेको छैन । यी दुई टिमबीच भएको पछिल्लो १३ खेलमा ब्राजिलले ११ खेलमा जित निकाल्दा दुई खेल बराबरीमा सकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप