घरबाटै कुहिने र नकुहिने नछुट्याए महानगरले फोहोर उठाउँदैन : मेयर शाह
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले घरबाटै कुहिने र नकुहिने नछुट्याइएको फोहोर महानगरले नउठाउने बताएका छन् । आफूले फोहोर व्यवस्थापनको दीर्घकालिन योजना बनाएको भन्दै यसमा सहयोग गर्न पनि उनले महानगरबासीसामु आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा शाह लेख्छन् -'अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर ननिस्कून् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाण्डौंमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन ।' उनले अव फोहोर संकलन गर्ने गाडीले नछुट्याएको फोहोर संकलन नगर्ने बताए ।
काठमाडौंको फोहोर व्यवस्थापन गर्ने गरिएकाे सिसडोल र बन्चरेडाँडाका स्थानीयले अवरोध गरेपनि लामो समयसम्म महानगरको फोहोर उठ्न सकेको छैन । यसअघि सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा सहमति जुटेको भनिएपनि बन्चरेडाँडाका स्थानीयले अवरोध कायमै राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण