प्रधानमन्त्री देउवाको आश्वासन पछि ढुक्क भए बालेन
शुक्रबार, २७ जेठ २०७९, ०५ : ५८
प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गरेका हुन् ।
दुई जनाबीचको भेट काठमाडौंको फोहर व्यवस्थापनका विषयमा केन्द्रीत भएको थियो । प्रधानमन्त्री देउवाले मेयर साहलाई फोहर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताए।
स्थानीयसँग सहमति गरेर अघि बढ्न र सरकारले गर्नु पर्ने कुरामा पछि नहट्ने बताउँदै देउवाले विभागीय मन्त्रीलाई निर्देशन दिने बताए । प्रधानमन्त्रीको आश्वासनपछि महानगरको फोहोर व्यवस्थापनमा सहज हुनेमा साह विश्वस्त देखिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
-
१० बजे १० समाचार : विष्णु पौडेललाई मिलेन राहत, सरकारले गर्यो सरुवा र नियुक्तिसहितका निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण