भासिएको सडक नजिकै नदी किनारमा भेटियो दुई जनाको शव
शुक्रबार, २७ जेठ २०७९, ०९ : ५३

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकसँगै मर्स्याङ्दी नदीमा दुई जना पुरुषको शव फेला परेको छ । सो पहिरोमा एउटा कार र मोटरसाइकल खसेका थिए । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो ।
मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । कार भने नदीमा पुगेको छ । “कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ”, उनले भने, “कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।”
उद्धार टोली घटनास्थलमा पुग्ने क्रममा रहेको खड्काले बताए । घटनास्थलमा नेपाली सेनाको टोली जाँदैछ । फेला परेको शव कारमा सवार यात्रुको हो या होइन भन्ने खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलमा ईभी भ्यान दुर्घटना, ९ वर्षीया छात्राको मृत्यु
-
सुनचाँदी व्यवसायीहरूको प्रदर्शन जारी, तस्बिरहरू
-
बजेटमा सांसद्हरूको व्यापक असन्तुष्टि, बचाउमा सत्तापक्ष
-
‘पटका पड्केको देखेको थिएँ, इजरायल आएर मिसाइल पड्किएको पनि देखेँ’
-
सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए
-
सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखियो : प्रकाश ज्वाला