एमालेबाट निर्वाचित उपप्रमुख बुढाथोकीले सुविधाको गाडी अस्पताललाई दिए
चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफुले पाउने सेवा सुविधा समाजको हितको लागि प्रयोग गर्ने भएका छन् । बुढाथोकीले आफ्नो पूर्व घोषणा अनुसार आफुले नगरपालिकाबाट पाउने सुविधाको बा २ झ १६२३ नं. सुविधाको गाडी चाँगुनारायण नगर अस्पताललाई हस्तान्तरण गरेका छन् । निर्वाचित हुनु अघि नगरपालिकाबाट आउने सेवा सुविधा लगायत तलब भत्ता नलिने घोषणा गरेका थिए ।
उपप्रमुखले आज एक कार्यक्रम बिच उक्त गाडी चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गरेका हुन् । उक्त गाडी नगर क्षेत्रभित्र रहेका जेष्ठ नागरिक, शारीरिक अशक्त, दीर्घरोगी, बिरामीहरूको सेवामा उपयोग गरिने अस्पतालले जानकारी दिएको छ ।
सो गाडीले घरदैलोमै गई बिरामीलाई चिकित्सकीय सेवा प्रदान गर्ने उद्देश्यले अस्पताललाई हस्तान्तरण गरिएको हो, उपप्रमुख बुढाथोकीले भने ।
उनले पाउने तलब भत्ता पनि छुट्टै कोष खडा गरि नगर क्षेत्रका गरिव जेहेन्दार विद्यार्थीको पठनपाठन, एकल महिला, अपाङ्ग अशक्त व्यक्तिहरुको वृद्धि विकासको क्षेत्रमा खर्च गरिने बताए ।
उद्यमशिलता एवंम स्वरोजगारका क्षेत्रमा खर्च गरिने कुरा उनको भनाइ । उनी नेकपा एमालको तर्फबाट निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
-
मानवअधिकार आयोग पुगे भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण