आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कलेजो प्रत्यारोपणपछि नयाँ जीवन पाएका शाहीले यसरी सुनाए आफ्नो अनुभव

शनिबार, २८ जेठ २०७९, ०९ : ४२
शनिबार, २८ जेठ २०७९

कलेजो प्रत्यारोपणपछि पुनर्जीवन पाएका जाजरकोटका भरतविक्रम शाही दङ्ग छन् । नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उनी दङ्ग परेका हुन् । सुरुका दिनमा बाँचिएला भन्ने कम आशा बोकेका शाही अहिले तन्दुरुस्त छन् । उनी पूर्ववत् आफ्नो काममा जुट्दै आएका छन् । 

पुनः परीक्षणका लागि यहाँको चितवन मेडिकल कलेज आएका शाहीले खुसी हुँदै सँगै रहेका चिकित्सकलाई पुनर्जीवन दिएकोमा धन्यवाद दिए । गत वर्षको असार १८ गते शाहीले यसै मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गरेका थिए । उनको कलेजो डा सञ्जयकुमार यादवको समूहले प्रत्यारोपण गरेको थियो । 

कलेजो प्रत्यारोपण गर्दा लाग्ने रकम, आफन्तभित्रै कलेजो दाता खोज्नुपर्ने, रगतको समूह र अन्य कुरा मिल्नुपर्ने समस्या पार गर्दै आफ्नै श्रीमतीबाट कलेजो लिएर प्रत्यारोपण गरेका शाहीले अहिले फुर्तिलो मात्रै छैनन्, उनले गर्दै आएको शिक्षण पेसासँगै बिहान बेलुका श्रीमतीलाई व्यापारमा सघाउँदै आएका छन् । जाजरकोटको कुसे गाउँपालिका–९ निवासी शाही अहिले कलेजो प्रत्यारोपण गरेको छु भन्ने महसुस गर्न छाडेका छन् । 

कलेजो रोग लाग्ने सुरुआती चरणमा खुट्टा, पेट फुल्ने, कहिलेकाहीँ बेहाेस  हुँला जस्तो हुने, एकोहोरो हुने, आफ्नै दिमाग ठीक छ कि छैन जस्तो हुने लक्षण देखिएको अनुभव उनले सुनाए । पेट फुलेर आफैंलाई लाज लाग्ने खालको भएको उनको भनाइ छ । आफूले पाएको नयाँ जीवन शैक्षिक गुणस्तर सुधारसँगै सामाजिक क्षेत्रमा बिताउने उनको योजना छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप