जसले एउटै औँलाले उचाले १२९.५ किलोग्राम तौल
कुनै पनि भारोत्तोलकले १२९.५ किलोग्राम उचाल्दा गर्व नगर्ने कुरै भएन । तर, एउटा औंलाले उक्त तौल उठाउने कल्पना गर्न सक्नुहुन्छ ? यो बिल्कुल असम्भव लाग्न सक्छ । तर, बेलायतका स्टिभ किलरले यस्तै अपत्यारिलो कार्य गरेका छन् ।
पेसेवर मार्शल कलाकारले एउटा औँलाले सबैभन्दा भारी सामान उठाउने यसअघिको विश्व कीर्तिमान तोडेका छन् । १० वर्ष पुरानो रेकर्डलाई उनले तोडेका हुन् । उनले सन् २०२२ को फेब्रुअरीमा केन्टमा रेकर्डका लागि प्रयास गरे र आफ्नो दाहिने हातको बीचको औंलाले १२९।५ केजी उचाल्न सफल भए ।
रेकर्डलाई आधिकारिक रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डले स्वीकार गरेको छ । गिनिजले यसबारेमा आफ्नो आधिकारिक वेबसाइटमा पोस्ट गर्यो ।किलरको प्रयासमा ६ वटा फलामका डिस्कहरू समावेश थिए – एउटा १० केजी तौलको, अर्को २० केजी तौलको, तीन वटा प्रत्येक २५ किलोग्राम तौलको र एउटा २६ केजीभन्दा अलि बढी तौलको ।
एउटा हुकलाई बीचमा पारेर डिस्कहरूलाई एउटा माथि अर्को गरेर राखिएको थियो । त्यसपछि उनले माँझी औँलाले हुकलाई उचालेका थिए ।
‘यो अविश्वसनीय रूपमा पीडादायी छ, तर मेरा औंलाहरू बलिया छन् र मलाई मेरो लिफ्टमा गर्व छ’, किलरले गिनिज बुक अफ वर्ल्ड रेकर्ड वेबसाइटलाई भने । वेबसाइटका अनुसार ४८ वर्षीय किलर विगत चार वर्षदेखि शक्ति प्रशिक्षणको अभ्यास गरिरहेका छन् ।
१८ वर्षको उमेरदेखि नै किलरले जुडो र कराँतेको अभ्यास गर्दै आएका छन् । विश्व कीर्तिमान बनाउने प्रयासमा यस अभ्यासले पनि उनलाई ठूलो सहयोग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण