'मृतक मतदाताको नाम आयोग एक्लैले हटाउन सक्दैन'
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाउने कार्य निर्वाचन आयोग एक्लैले गर्न नसक्ने बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रयोग भएको मतदाता नामावलीमा करिब छ लाख ४२ हजार मृतक मतदाता रहेको अनुमान गरिएको छ ।
राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा त्यसबारे सांसद्हरूले प्रश्न उठाउनु भएपछि प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोग एक्लैले मतदाता नामावलीबाट मृतकको नाम हटाउन नसक्ने बताए ।
प्रमुख आयुक्त थपलियाले भने, “म आफैँ मलामी गएको छु तर ती व्यक्तिको नाम म मतदाता सूचीबाट हटाउन सक्दिनँ ।” उहाँले मरेको व्यक्तिको मृत्युदर्ता प्रमाणपत्रका आधारमा मात्र सूचीबाट नाम हटाउन मिल्ने र त्यो कार्यक्षेत्र आयोगको नरहेको स्पष्ट पारे ।
उनले आगामी मङ्सिर १० भित्र एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउने तयारीमा आयोग रहेको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ८६६ नेपालीको उद्धार, ३० करोडभन्दा बढी क्षतिपूर्ति
-
नेतृत्व हस्तान्तरणमा ओली र प्रचण्डको अनिच्छा: पार्टीभित्र बढ्दो असन्तुष्टि
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीका लागि प्रहरीदेखि सेना परिचालन
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण