काठमाडौंमा एकैदिन २२ सयभन्दा बढी सवारी चालकमाथि कारवाही
मङ्गलबार, ३१ जेठ २०७९, १० : ३५
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २२० जना सवारी चालमाथि कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण सोमबार उपत्यकाका विभन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १६५ जना, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने १३३ जना, तीब्र गतीमा सवारी साधन चलाउने ६० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०९ जना, लेन उल्लंघन गर्ने ५३ जना सवारी चालक रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४७ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरूलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण