सशस्त्रमा एसपीको ‘पदावधि’ ३ वर्ष बनाउन अर्थ मन्त्रालयको सहमति
सशस्त्र प्रहरी उपरीक्षकको ‘पदावधि’ घटाउन अर्थ मन्त्रालयले सहमति दिएको छ । गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली संशोधन गरेर पदावधि घटाउन अर्थ मन्त्रालयसँग सहमति मागेको थियो ।
सहमतिका लागी अर्थ मन्त्रालयमा पेस गरिएको प्रस्ताव अनुसार सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को पदावधि ४ वर्षको सट्टा ३ वर्ष बनाउन भनिएको छ । गृह मन्त्रालयको सो प्रस्तावमा अर्थमन्त्री जनार्दन शर्माले जेठ २७ मा सहमति दिएका छन् । अर्थको सहमतिपछि नियमावली संशोधन सम्बन्धी सो प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने छ ।
सशस्त्रमा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने पदभन्दा एक तह मुनिको पदमा चार वर्ष सेवा अवधि पुरा भएको हुनुपर्छ । सशस्त्र प्रहरीको नियमावलीमा भएको सो व्यवस्थालाई संशोधन गरेर अन्य पदमा बाहेक एसएसपीमा बढुवा हुनका लागी मात्र ३ वर्षे सेवा अवधि बनाउने प्रस्ताव गरिएको छ ।
सशस्त्रका तत्कालीन आईजीपी शैलेन्द्र खनालले आफू निकटलाई फाइदा पुग्ने गरी ३ वर्षे सेवा अवधि बनाउन प्रस्ताव गरेको भनेर संगठनभित्र आलोचना भइरहेको छ । कामु एसएसपी दीपेन्द्र कुँवरलाई बढुवा गर्न नियमावली संशोधन गरेर माथि ल्याउन चलखेल भइरहेको छ । अहिले ११ नम्बरमा वरियतामा रहेका कुँवर प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाका ज्वाइँ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण