एसपीपी विवाद : अमेरिकी दाबी सहि कि नेपाली सेनाको प्रतिवाद सहि ?
स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा साझेदारीका लागि नेपालले दुईपटक आवेदन दिएको र त्यही आधारमा तीन वर्षअघि स्वीकृति दिइएको अमेरिकाले जिकिर गरेको छ । तर, नेपाली सेनाले भने अमेरिका वा अमेरिकी सेनासँग सम्झौता नभएको र भविष्यमा पनि नहुने प्रस्टीकरण दिएको छ ।
एसपीपीबारे राजनीतिक वृत्तमा उत्पन्न विवादसँगै बुधबार अमेरिकी राजदूतावासले पत्रकार ब्रिफिङ गरेलगत्तै साँझ सेनाले त्यसको खण्डन गरेको छ । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले दुईपटक हस्ताक्षर गरेर चिठी पठाएको र २०१९ मा अमेरिकाले एसपीपीमा नेपाललाई पनि समावेश गरेको सार्वजनिक भएकै दिन बुधबार सेनाले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
सेनाले अमेरिकी सेना वा अमेरिकी सरकारसँग कुनै पनि सम्झौता वा समझदारी नगरेको प्रस्टीकरण दिएको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासका उपनियोग प्रमुख म्यानुअल पी माइकलरले बुधबार कूटनीतिक मामिला हेर्ने पत्रकारसँग दूतावासमा भएको कुराकानीमा अमेरिकाले नेपालको प्रस्ताव स्वीकार गरेको दाबी गरेका थिए । ‘नेपालले सन् २०१५ र २०१७ मा दुईपटक आवेदन दिएको हो, अमेरिकाले नेपालको आवेदनलाई सन् २०१९ मा स्वीकार गरेको हो,’ उपनियोग प्रमुखले माइकलरले जिकिर गरे । उनले एसपीपी सैन्य वा सुरक्षा गठबन्धन नभएकोसमेत जिकिर गरेका छन् ।
कूटनीतिक स्रोतका अनुसार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेको दुवै पत्रमा मानवीय सहायता तथा प्रकोप व्यवस्थापनसँग सम्बन्धित तालिम र सहयोगका क्षेत्रमा सहकार्यका लागि नेपाल इच्छुक रहेको उल्लेख छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण