एसपीपीमा एमालेले ‘आफैं धामी, आफैं झाँक्री’को जस्तो व्यवहार गर्यो : सांसद् पन्थ

सत्तारुढ नेपाली काँग्रेसका राष्ट्रियसभाका सांसद प्रकाश पन्थले अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) प्रस्ताव गर्ने काममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई मुछ्ने काम गरिएको भन्दै खेद व्यक्त गरेका छन् ।
शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्थले कोइराला प्रधानमन्त्री भएको बेला हुँदै नभएको सो प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मुछ्ने काम गरेको भन्दै खेद व्यक्त गरेका हुन् । कोइरालाजस्तो निष्ठावान नेतालाई सो प्रस्तावमा मुछेर एमालेले जनतालाई भ्रमित पार्ने कोसिस गरिरहेको उनको दाबी थियो ।
सांसद पन्थले सो प्रस्ताव केपी ओली नेतृत्वको सरकारले अघि बढाएको जिकिर गर्दै ‘आफैं धामी, आफैं झाँक्री’को जस्तो व्यवहार नगर्न पनि प्रमुख प्रतिपक्ष एमालेलाई चेतावनी दिए ।
सांसद पन्थले एमालेले सो प्रस्तावको विषयमा प्रतिक्रिया दिँदा समेत कूटनीतिक मर्यादा कायम राख्न नसकेको भन्दै आपत्ति जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?
-
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू
-
बार्सिलोनालाई २८ औं ला लिगा उपाधि, ‘बच्चा’ टोलीले गर्यो चमत्कार
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा