एसपीपी तत्काल खारेज गर्न स्वतन्त्र नागरिक समूहको माग
पछिल्लो समय बहसको विषय बनेको अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) तत्काल खारेज गर्न स्वतन्त्र नागरिक समूहले सरकारसँग माग गरेको छ ।
सैनिक सहकार्यको यो प्रस्ताव दुई सरकारद्वारा स्वीकृत भएर यथार्थमा परिणत भयो भने त्यसले विशिष्ट भूराजनीतिक अवस्थितिमा रहेको नेपालमा भूराजनीतिक द्वन्द्व चर्काउने समूहको निष्कर्ष रहेको छ ।
सम्झौताले नेपालजस्तो सानो मुलुकले अवलम्बन गरिरहेको र नेपालको संविधानमा समेत लेखिएको स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति धुजा धुजा हुने र नेपाल चीनविरुद्ध अमेरिकासँगको सैनिक गठबन्धनमा सामेल भएको समेत प्रमाणित हुने समूहले बताएको छ ।
एमसीसीको अनुमोदनबाट आर्थिक रुपमा इण्डो(प्यासिफिक रणनीतिको हिस्सेदार हुनेतिर धकेलिएको नेपाल अमेरिकासँगको यो सैनिक सहकार्यको सहमतिबाट नेपाली भूमिमा अमेरिकी सैनिक नै उत्रने बिन्दुमा पुग्नेछ, समूहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
स्वतन्त्र नागरिकको समूहबाट श्याम श्रेष्ठ, लोककृष्ण भट्टराई, साध्यबहादुर भण्डारी, प्रेम कैदी, रुक्म लामिछाने, महादीप पोखरेल, शम्भु कटेल,नीमकान्त पान्डे, भुवन फुँयाल, डी बी नेपाली, रामचन्द्र बानियाँ, मीनराज गुरुङ, अग्नि शमशेर, उत्तमकुमार शाह, नीमबहादुर थापा, लक्ष्मण उप्रेती, मुकुन्द आचार्य, लेखनाथ न्यौपाने, अच्युत राज ज्ञवाली,लेखराज रेग्मी, डा अमर शाह, एकलाल श्रेष्ठ, नीलकण्ठ तिवारी, भरत शर्मा बस्याल, प्रमोद धिताल, अनिता पन्डित, अभय श्रेष्ठ, मनोज खतिवडा, मोहन खतिवडा, रामराज रेग्मी, यादव देवकोटा, राजन तिमल्सिना, ज्योतिलाल वन, राजु कार्की, अमृत अधिकारी, आजाद खड्का,निनु चापागाईँ, हेमन्त सेंढाई, रघु घिमिरे, कलाधर पौडेल, सुवास देवकोटा, रमेश शर्मा अधिकारी, मणि थापा, श्रीधर अधिकारी, लोकनारायण सुवेदी, अजीव पौडेल, सुरेश कार्की, शरद वन्त, मोहन बहादुर केसी चन्दा थापा, मीना शर्मा, सन्देश अर्याल, फर्शुराम भुर्तेल, नारायण शर्मालगायतले सम्पूर्ण देशभक्त नेपालीहरू, नेपाल सरकार, सबै तहका जनप्रतिनिधिहरू, राजनीतिक दलहरू र नेपाली सेनालाई एकजुट भएर राष्ट्रको हितमा नरहेको एसपीपी प्रस्तावलाई सदाको लागि इन्कार गर्न आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण