बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

श्वेतपत्र जारी गर्दै एसपीपी सदाका लागि अस्विकार गर्नुपर्छ : नेता श्रेष्ठ

शनिबार, ०४ असार २०७९, ०८ : ११
शनिबार, ०४ असार २०७९

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे श्वेतपत्र जारी गर्दै अस्विकार गर्नुपर्ने बताएका छन् । 

एसपीपी अमेरिकाले भनेजस्तो बिपद जस्ता विषयमा साझेदारी कार्यक्रम नभएर मूलतः रणनीतिक सैन्य साझेदारी भएको सामाजिक सञ्जालमार्फत उनले दाबी गरेका छन् । 

एसपीपीका लागि नेपालको प्रधानसेनापतिले अनुरोध पत्र पठाएको स्पष्ट भएपनि  नेपाल सरकारको तर्फबाट पनि सहमति जनाएको हुनसक्ने श्रेष्ठको आशंका रहेको छ । 

एसपीपी सम्बन्धी घटनाक्रमको विकासलाई हेर्दा नेपाल सरकार, पार्टी र नेताहरु राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका विषयहरुमा समेत गम्भीर छैनन्  भन्ने पुष्टि भएको श्रेष्ठको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप