ब्रेकअपपछि पूर्व प्रेमिकासँग डेटिङ खर्चको क्षतिपूर्ति माग
सांघाईका एक व्यक्तिले आफ्नो पूर्व प्रेमिकालाई डेटिङ गर्दा लागेको सबै खर्चको क्षतिपूर्ति दिन माग गरेपछि उनी चर्चामा छाएका छन् । सांघाइका एक अज्ञात व्यक्तिले आफूसँग ब्रेकअप भएको एक युवतीसँग डेटिङ गर्दा भएको खर्च माग गरेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।
सम्बन्धमा रहँदा खर्च गरेको पैसाको सम्पूर्ण सूची र प्रमाणसमेत उनले जुटाएका छन् । विस्तृत ‘ब्रेकअप लिस्ट’ले चिनियाँ सामाजिक सञ्जाल विबोमा चर्को वहस सुरु गरेको छ ।
धेरैले आफूलाई ती व्यक्तिको दाबीभन्दा पनि डेटिङको महिनौंदेखिका सबै खर्च सम्झने उनको क्षमताबाट चकित भएको बताएका छन् । ती व्यक्तिले तयार पारेको सूचीमा ‘दुई बोतल पानी’ जस्तो सामान्य खर्चदेखि ‘एक्स गर्लफ्रेन्डीकी’ विरामी आमाको हेरचाह खर्चसमेत समावेश गरेका छन् ।
उनको विस्तृत कागजातमा प्रत्येक खर्च जोडीलाई नै बाँडिएको थियो वा पूर्व प्रेमिका एक्लैले लाभ उठाएकी थिइन भन्नेसमेत उल्लेख छ । जस्तैः एउटा उदाहरणमा उनले ‘स्न्याक्स किन्न र त्यो सबै महिलालाई खुवाउन’ ३६ दशमलब १ युआन खर्च गरेका थिए ।
यस्तो अवस्थामा उनले उक्त स्न्याक्सको सम्पूर्ण खर्च महिलाले बेहोर्नुपर्ने उनले अनुरोध गरेका छन् । अर्को उदाहरणले चाङनिङको एउटा रेस्टुरेन्टमा दुई जनाले डिनर लिएको उल्लेख छ । महिलाले खर्च गरेको रकमको ५० प्रतिशत क्षतिपूर्ति दिनुपर्ने उनले बताएका छन् ।
डेटिङ गर्दा समग्रमा उनले कुल ७२ हजार युआन खर्च गरेको दाबी गरेका छन् । तर, उनले ६ करोड १४ लाख ७ हजार २५ युआन क्षतिपूर्ति माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण