इजलासमा पोखरेलको पक्षमा बहस : एक महिनामा धिरजप्रतापले के काम गरे ?
आईजीपी नियुक्ति बारेको मुद्दामाथि सर्वोच्च अदालतमा बहस जारी रहेको छ । निवेदक विश्वराज पोखरेलको तर्फबाट वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले सरकारले विश्वराज पोखरेललाई आईजीपी नबनाएर अन्याय भएको जिकिर गरे । उनले वरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई नियुक्त गरिनु न्यायोचित नभएको बताए ।
यस्तै अर्का वकिल पूर्णमान शाक्यले विश्वराजलाई नियुक्त गर्दा सरकारलाई किन रिस्क भयो भन्दै प्रश्न गरे भने राधेश्याम अधिकारीले पोखरेललाई डीआईजी र एआईजी बनाउँदा कसैको उजुरी नपरेको बताए । सिनियर एआईजी विश्वराजलाई आईजीपी नबनाउँदा सरकारले पर्याप्त आधार र कारण देखाउनुपर्ने उनको भनाइ छ । तर, धिरजप्रताप सिंहलाई आईजीपी बनाउन त्यस्तो हुन नसकेको उनको भनाइ छ ।
यस्तै अर्का वकिल हरि उप्रेतीले धिरजप्रतापलाई एआईजी बनाउँदैमा मुद्दा परेको र त्यही मान्छेलाई बनाउनुपर्ने कारण के हो भन्दै प्रश्न गरे । उनले एआईजी हुँदा १७ महिनामा विश्वराजले नगरेको काम धिरजप्रतापले एक महिनामा के काम गरे ? भन्ने प्रश्न पनि गरे । उनले दर्ज्यानी चिह्न सबै कुरा नभएको भन्दै धिरजप्रतापलाई आईजीपी नियुक्तिको निर्णय बदर हुनुपर्ने जिकिर गरे । यस्तै अर्का अधिवक्ता हरिहर दाहालले वरिष्ठलाई कनिष्ठ बनाउनै नमिल्ने जिकिर गरे ।
सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको मुद्दाको सुनुवाइ भइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण