नाचघरको स्वर्ण महोत्सव ७ गतेसम्म चल्ने
सांस्कृतिक संस्थानले आफ्नो स्थापना ५० औं वार्षिकोत्सव मनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उद्घाटन गरेको स्वर्ण महोत्सव विशेष समारोहमा ७ गतेसम्म चल्ने छ ।
‘सांस्कृतिक क्षेत्रमा क्रियाशील संस्थाले ५० वर्षको इतिहास बनाउनु गौरवको विषय हो’, राष्ट्रपति भण्डारीले भनिन्, ‘५० वर्षको इतिहास र अनुभव बोकेको सांस्कृतिक संस्थानले हाम्रा अमूल्य संस्कृति र सभ्यताको मूल्य एवं मान्यतालाई पुनस्र्थापित गर्न योगदान दिनेछ भन्ने विश्वास लिएको छु ।’
कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले ५० वर्षको इतिहास र अनुभवबाट सिकेर लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि लक्ष्य र उद्देश्य निर्धारित नयाँ योजना तथा कार्यक्रमका साथ संस्थान अघि बढ्ने बताए । ‘देश भनेको चार किल्लाभित्रको ढुंगा माटोमात्र होइन । देश चिनाउन भाषा, भेषभूषा, रहनसहन अनि लोकसंस्कृतिको उच्चतम विकास आवश्यक छ’, महाप्रबन्धक राईले भने, ‘मुलुकको लोकसांस्कृतिक अवस्थाले त्यो देशको समृद्धि र सभ्यता झल्काउँछ । लोकसंस्कृति सुरक्षित र संरक्षित छैन भने त्यो राष्ट्र र राष्ट्रियता भरिलो एवं रसिलो हुन सक्दैन ।’
स्वर्ण महोत्सवको अवसरमा संस्थानले नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दलाई ‘दीर्घ साधना सम्मान २०७९’, वरिष्ठ रंगकर्मी ओममणि शर्मालाई ‘राष्ट्रिय नाट्य पुरस्कार २०७९’, वरिष्ठ संगीतकर्मी प्रेमदेव गिरीलाई ‘राष्ट्रिय संगीत पुरस्कार २०७९’ र वरिष्ठ नृत्यकार सुरेश मिश्रलाई ‘राष्ट्रिय नृत्य पुरस्कार २०७९’ प्रदान गरेको छ । जनही ५१, ५१ हजार रुपैयाँसहितको सम्मान तथा पुरस्कार सम्माननीय राष्ट्रपतिको हातबाट प्रदान गरिएको हो । समारोहमा राष्ट्रपतिबाटै संस्थानमा कार्यरत वीरेन्द्र हमाल र सुस्मिता तामाङलाई उत्कृष्ट कर्मचारी पुरस्कार पनि प्रदान गरिएको थियो ।
प्राज्ञ अशोक राईको संगीत संयोजन, वीरेन्द्र हमालको नाट्य संयोजन र लोकराज राईको नृत्य संयोजन रहेको स्वर्ण महोत्सव विशेष सांस्कृतिक कार्यक्रमले देश झल्काएको छ । जसमा नेपाली वृन्दावन, विभिन्न समुदायमा निहित लोकनृत्यदेखि मुनामदन एवं कृष्ण लीलासम्म समेटिएको छ । संस्थानले ‘५०औं वर्ष विशेष कार्यक्रम’ बनाई एक वर्षभरि विभिन्न कार्यक्रमका साथ स्वर्ण महोत्सव मनाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण