अभिनयमा आउने सोच छैन – मिस नेपाल प्रियंका
सोमबार, ०६ असार २०७९, १९ : २०
मिस नेपाल प्रियंका रानी जोशीले अहिले आफ्नो अभिनयमा आउने कुनै सोच नरहेको बताएकी छन् । अभिनयका लागि आफू पोख्त नभएको र मिस वर्ल्डको तयारी पनि गर्नुपर्ने भएकोले अभिनयबारे केही नसोचेको उनको भनाइ रहेको थियो ।
सोमबार बाजासहित पुख्र्यौली घर अनामनगरमा भित्रिएकी जोशीले ‘मिस वर्ल्ड’ को ताज नेपाल भित्र्याउन आफूले सक्तो कोसिस गर्ने बताइन् । मिस नेपालको उपाधि जितेपछि होटल र्याडिसनमा बसेकी उनलाई परिवारले होटलदेखि घर भित्र्याएको हो ।
हातमा नेपाली राष्ट्रिय झण्डा बोकेर गाडीमा हात हल्लाउँदै उनी घरमा आएकी थिइन् । अनामनगर घर भित्रिएपछि वसन्तपुरस्थित कुमारी घर पुगेकी उनी अहिले बस्दै आएको भैसेपाटी घर पुगेकी छिन् ।
जोशी शनिबार आयोजना भएको ‘मिस नेपाल २०२२’ मा २३ प्रतियोगीलाई पछि पार्दै शिर्ष उपाधि चुम्न सफल भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण