राप्ती हाइड्रोको आईपीओ भर्ने समय थप

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आईपीओमा आवेदन दिने समय थप गरेको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरेको कम्पनीको आईपीओमा अब १० असारसम्म आवेदन दिन सकिनेछ ।
गत २४ जेठदेखि आईपीओ बिक्री खुला गरिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्व र रुकुम पश्चिमका स्थानीय बासिन्दालाई आईपीओ जारी गरेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
यसमा ग्लोबल आइएमई बैंकको छिप्रीदह, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा, मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शौचालय जाम भएपछि डाइभर्ट भयो एयर इन्डियाको फ्लाइट
-
पूर्वमन्त्री नेपालको निधनप्रति सभामुख घिमिरेद्धारा दु:ख व्यक्त
-
१ करोड ५० लाख जरिवाना मुद्दाका फरार व्यक्ति पक्राउ
-
पूर्वमन्त्री नेपालको निधनप्रति प्रचण्डद्धारा दु:ख व्यक्त
-
टायल्स उत्पादनमा नयाँ मापदण्ड ल्याउँदै सरकार, कसरी चिन्ने गुणस्तरीय उत्पादन ?
-
एनआरएनएको मुद्दा पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश, अब के हुन्छ ?