आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

जनकपुरधामकाे बाँसबारी होटेलमा आगलागी

मङ्गलबार, ०७ असार २०७९, १० : ३०
मङ्गलबार, ०७ असार २०७९

जनकपुरधाममा एक होटलमा आगलागी भएको छ । जनकपुरधाम स्थित भैरव चोकमा मंगलबार बिहान बाँसबारी होटलको भान्छाघरबाट लागेको आगोले सम्पुर्ण सामग्री जलेर नष्ट भएको छ ।

नेपाली सेना र प्रहरीले संयुक्तरुपमा आगो नियन्त्रणमा लिएको छ । आगलागीबाट १५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

आगलागीको कारण अहिलेसम्म खुलिनसकेको उनले बताए । सो होटलका सञ्चालक भरत साह हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप