मूल्य वृद्धिको विरोध गर्ने ८ जना प्रहरी नियन्त्रणमा
मङ्गलबार, ०७ असार २०७९, १२ : ३१

स्वतन्त्र युवा समाजको नेतृत्वमा मूल्य वृद्धिविरुद्ध अवरोध गर्दा नेत्री कुन्ती पोखरेलसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुरानो बानेश्वरमा सरकारी सवारी साधनलाई अवरोध गरेपछि उनीहरु पक्राउ परेका हुन् ।
मूल्य वृद्धि नियन्त्रण गर्नुपर्ने दायित्वबाट सरकार पछी हट्दै मूल्य वृद्धिलाई प्रोत्साहन गरेको भन्दै मंगलबार बिहान कुन्ती पोखरेल नेतृत्वको स्वतन्त्र युवा समाजले सरकारको विरोध गर्दै पुरानो बानेश्वर चोकमा सरकारी सवारी साधनलाई अवरोध गरेको थियो । अवरोधका क्रममा केहीबेर प्रहरीसँग तनाब भएको थियो।
आन्दोलनको नेतृत्व गरेकी पोखरेलले मूल्य वृद्धि तत्काल फिर्ता नलिए थप आन्दोलनका कार्यक्रमसहित अघि बढ्ने चेतावनी नेत्री कुन्ती पोखरेलले दिएकी छिन ।
अहिले प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिई आवागमन सामान्य बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव
-
चार जना मृत अवस्थामा फेला
-
पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु