परपुरुषसँग रंगेहात फेला पारेपछि सिक्किममा नेपालीले गरे पत्नीको हत्या
पूर्वी सिक्किमको साम्लिकमा अस्थायी बसोबास गर्दै आएका एक नेपाली पुरुषले आफ्नी श्रीमतीको हत्या गरेका छन् । आफ्नै घरमा परपुरुषसँग आपत्तिजनक अवस्थामा रंगेहात फेला पारेपछि वीरबहादुर रसाइलीले श्रीमतीको हत्या गरेको नर्थइस्ट टुडेले जनाएको छ ।
रसाइलीले आफ्नी पत्नी ३५ वर्षीया लक्ष्मी रसाइलीलाई नेपालकै लाक्पा शेर्पासँग फेला परेका थिए । रानीपुल प्रहरीका अनुसार अभियुक्तका छोराले आफ्नी आमाको हत्याको आरोपमा गत शनिबार उजुरी दर्ता गरेका थिए । उजुरीमा सो दिन साँझ ७ बजे रसाइलीले लाक्पासँग लक्ष्मीलाई आपत्तिजनक अवस्थामा फेला पारेका थिए ।
क्रुद्ध बनेका रसाइलीले लक्ष्मी र लाक्पालाई दाउराको चिर्पटले आक्रमण गरेका थिए । लाक्पा घटनास्थलबाट भागे पनि छोरा घर पुग्दा आमालाई घरको कोठामा मृत फेला पारेका थिए । प्रहरीले घटनाको मुख्य हतियार चिर्पट फेला पारेको छ ।
लक्ष्मीको शवलाई टाडोङ स्थित हाल अस्पतालमा राखिएको छ । नेपालबाट उनको अभिभावक आएपछि पोस्टमार्टम गर्ने तयारी गरिएको छ । घटनामा घाइते लाक्पाको एसटीएनएम अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण