नम्रताका कारण ‘ग्रहण’ को छायाँकन सर्ने
मङ्गलबार, ०७ असार २०७९, १४ : १४
फिल्म ‘ग्रहण’ को छायांकन केही समयपछि सर्ने भएको छ । राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘प्रसाद २’ का कारण ढिलो हुने भएको हो । फिल्मकी मुख्य अभिनेत्री नम्रता श्रेष्ठ ‘प्रसाद २’ को छायाँकनमा असार दोस्रो सातादेखि बिजि हुने भएपछि फिल्म केही पछि धकेलिएको हो । गत मेबाट नै फिल्मको छायांकन सिक्किममा हुने भनिएता पनि पानी पर्ने सिजन भएकाले छायांकन हुन् सकेको थिएन ।
फिल्ममा नम्रतासँगै विनय श्रेष्ठ, सारुक ताम्राकार लगायतको अभिनय रहनेछ । नम्रता ‘ग्रहणमा’ योगा प्रशिक्षकको भूमिकामा देखिँदैछिन् । निर्मला गुरुङ निर्माता रहेको फिल्ममा प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी , कास्टिङ डायरेक्टर सुदाम सिके, छायांकनमा हरि हुमागाईं र सम्पादकमा प्रविण श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण