शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘तितो सत्य’ का राजले सुनिशासँग कसे लगनगाँठो

मङ्गलबार, ०७ असार २०७९, १४ : २१
मङ्गलबार, ०७ असार २०७९

हास्य श्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा ‘राज’ को भूमिकाबाट चिनिएका कलाकार राज आचार्यले विवाह गरेका छन् । उनले मोडल सुनिसा बजगाइसँग मंगलबार  लगनगाँठो कसेका हुन् ।

परिवार र निकट आफन्तको उपस्थितिमा उनीहरुले विवाह समारोह रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा चलिरहेको छ । उनको विवाहमा दीपक र दीपा, निर्मल शर्मा लगायतका सिमित कलाकारको सहभागिता रहेको थियो । विवाहको घोषणा भएपछि राज र सुनिशाले ब्याचलर पाटी समेत दिएका थिए । ब्याचलर पार्टीमा दुबै नजिकका साथीहरुको सहभागिता रहेको थियो ।

बालकलाकारको रुपमा अभिनय सुरु गरेर आफूलाई स्थापित गराउन सफल राजले अहिले सिए (चार्टर एकाउन्टेन्ट) को अध्ययन समेत सकाएका छन् । केहि म्युजिक भिडियोमा समेत काम गरेका राज र सुनिशाले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । सुनिशा पेशाले मोडल हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप