यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
बुधबार, ०८ असार २०७९, ०७ : ५६
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।
बुधबार अदुवाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी र मालदह आँप ९० रुपैयाँ, आभोकाडो ४७५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ ५० पैसा, मुडेको आलु ३७ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ५० पैसा, इमली १७० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल काँक्रो ६० रुपैयाँ, हाइब्रीड काँक्रो, डल्लो फर्सि, स्कुस, लौका, घिरौँला, बुलेट र माछे खुर्सानीलाई प्रतिकेजी ४५ रुपैयाँ पर्नेछ ।
त्यस्तै, कागती प्रतिकेजी १४५ रुपैयाँ, किवि ४७५ रुपैयाँ, अकबरे खुर्सानी र कुरिलो २२५ रुपैयाँ, लोकल लिच्ची, रायोको साग, पालूगो साग र लोकल गाजर ९५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ९५ रुपैयाँ, टनेल गोलभेँडा ३५ रुपैयाँ तोकिएको छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण