‘लाल समुन्द्रा बहुप्रतिभाशाली सांगीतिक सम्मान’ बाट महजोडी सम्मानित
महजोडी अर्थात मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य ‘लाल समुन्द्रा बहुप्रतिभाशाली सांगीतिक सम्मान तथा पुरस्कार’ बाट सम्मानित भएका छन् । सम्मानमा २५ हजार नगद समेत रहेको छ ।
नेपाल सांगीतिक संघले विश्व संगीत दिवसको अवसर मंगलबार आयोजना गरेको कार्यक्रममा महलाई उक्त सम्मान सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले दिए ।
कार्यक्रममा अमर स्रष्टा ‘शिवशंकर मानन्धर राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार’ बाट वरिष्ठ कला साधक मुरली धर, ‘अमर स्रष्टा पुष्प नेपाली राष्ट्रिय सांगीतिक युवा सम्मान तथा पुरस्कार’ बाट वरिष्ठ कला साधक कुमार बस्नेत, ‘फत्तेमान राज भण्डारी राष्ट्रिय सांगीतिक युवा सम्मान तथा पुरस्कार’बाट लोकप्रिय पप गायक धीरज राई, ‘नेपाल सांगीतिक संघ राष्ट्रिय सम्मान तथा पुरस्कार’ बाट वरिष्ठ नृत्य निर्देशक भैरव बहादुर थापा सम्मानित भए । सम्मान र पुरस्कारमा २५ हजार नगद समेत रहेको छ ।
कार्यक्रममा ५ हजार नगद राशिको ‘नेपाल सांगीतिक संघ राष्ट्रिय कला पत्रकारिता सम्मान तथा पुरस्कार’ बाट पत्रकार शान्ति प्रिय सम्मानित भए ।
त्यसैगरी कार्यक्रममा विगतदेखि नै नेपाल सांगीतिक संघलाई सहयोग पुर्याउँदै आएका लोकप्रिय गायक गणेश पराजुली, गीतकार डब्लु क्षेत्री, कलाकार विक्रमजंग शाह, समाजसेवी विनोद कुमार तामाङ, रमन बस्नेत, नवराज तामाङलाई कदर पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल सांगीतिक संघको योगदानको चर्चा गर्दै कला क्षेत्रका सबैमा विश्व संगीतको शुभकामना प्रदान गरे ।
गायिका टीका पुन, गायक याम बराल, गायक मुरलीधर, गायक गणेश पराजुली, गायक मदनकृष्ण श्रेष्ठ, गायक यमन श्रेष्ठ, गायिका सीता केसी, गायिका मन्जु पौडेल, गायक विश्व नेपाली, गायक धीरज राई, गायक डा.गौरीशंकर मानन्धर, गायिका निता गजमेर, गायिका आशा लामा, गायक प्रकाश तिमिल्सिना, गायक सरोज कोइराला लगायतले कार्यक्रममा सांगीतिक प्रस्तुति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण