अवकाश प्राप्त नायव सुब्बा गणपति झाविरुद्ध झण्डै अढाइ करोड बिगोको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त नायव सुब्बा गणपति झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनको वैधानिक आम्दानी र खर्च तथा लगानीका बारेमा छानबिनपछि आयोगले दुई करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ ५१ पैसाको स्रोत नखुलेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
उनी २०३९ मंसिर ९ गते गाविस सचिवका रुपमा सार्वजनिक सेवामा प्रवेश गरी त्यस यता विभिन्न पद तथा कार्यलयमा रही २०७८ साउन महिनाबाट अवकाश प्राप्त गरेको आयोगले जनाएको छ । आयोगका अनुसार आर्थिक वर्ष २०३९÷४० देखि २०७७/७८ सम्मको उनको समग्र आय÷व्यय तथा खर्च एवं लगानीलाई आधार बनाएर छानबिन गरिएको हो ।
समीक्षा अवधिमा उनले दुई करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ ५६ पैसा आयआर्जन गरेको र ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ ७ पैसा खर्च एवं लगानी गरेको देखिएको आयोगको भनाइ छ । उनको दुई करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ ५१ पैसा बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत खुल्न नसकेको भन्दै आयोगले उनीविरुद्ध आरोपपत्र दायर गरेको हो । वैधानिक स्रोत खुल्न नसकेको रकमलाई बिगो मानेर आयोगले उक्त रकम बराबरको सम्पत्ति तथा नगद जफत गर्न पनि मागदाबी गरिएको छ ।
अवकाश प्राप्त नायव सुब्बा झाले आफूले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी मीनादेवी झा, छोराहरु दिवाकर कुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झाको नाममा समेत राखेको पाइएको भन्दै आयोगले उनीहरुको नाममा रहेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनीहरुलाई समेत प्रतिवादी कायम गरेर आरोपपत्र दायर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण