र्याप ब्याटल शो ‘ब्याटल भुमी’को औपचारिक घोषणा
र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ पछिल्लो समय चर्चित रियालिटी शोको रूपमा स्थापित भइसकेको छ । दर्शकले उक्त शोलाई अत्यधिक मन पराएसँगै चौतर्फी रूपमा चर्चा पनि कमाएको छ । यसलाई मध्यनजर गर्दै उक्त टिमले पुन: नयाँ शोको घोषणा गरेका छन् । बुधवार एक कार्यक्रमका बिच र्‍याप ब्याटल शो ‘ब्याटल भुमी’को औपचारिक घोषणा गरिएको हो ।
‘ब्याटल भुमी’ नाम दिइएको शोमा भाग लिन चाहनेले डिजिटल अडिसन मार्फत सहभागी हुन सक्नेछन् । २२ जुन (आज) बेलुका ५ बजे देखी २ जुलाईसम्म अडिसन खुल्ला रहने निर्माण पक्षले जनाएको छ । सहभागिता जनाउन चाहनेले नेपाल र्‍यापको वेबसाइटबाट डिजिटल अडिसन दिन सक्नेछन् । डिजिटल अडिसनका लागी सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्नेछ ।
सुदिप पोखरेल र रोशन श्रेष्ठ कार्यकारी निर्माता रहेका उक्त कार्यक्रम निकेश खड्काले निर्देशन गर्नेछन् । ‘ब्याटल भुमी’मा जजको रूपमा मानस घले, कवि जी रहेका छन् भने अर्का एक जजको घोषणा गरिनेछ । श्रावणबाट ओ.एस.आर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रसारण हुने शोमा विजेताले पाँच लाख पुरस्कार र वर्ल्ड टुर गर्न पाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण