आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

बिहीबार, ०९ असार २०७९, ०८ : १०
बिहीबार, ०९ असार २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।

बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी र मालदह आँप ८५ रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ, मुडेको आलु ३७ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ५० पैसा, इमली १७० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल काँक्रो ६० रुपैयाँ पर्नेछ । 

त्यस्तै, कागती प्रतिकेजी १६० रुपैयाँ, किवि ५२५ रुपैयाँ, अकबरे खुर्सानी र कुरिलो २२५ रुपैयाँ, टनेल गोलभेँडा ३७ रुपैयाँ तोकिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप