गृहमन्त्री खाणद्वारा हजयात्रीको बिदाइ
शुक्रबार, १० असार २०७९, १० : ३८
हज यात्रामा जाने अन्तिम टोलीलाई गृहमन्त्री बालकृष्ण खाणले बिदाई गरेका छन् । साउदी अरबको मक्कामदिनामा जाने हजयात्रीलाई शुक्रवार मन्त्री खाणले त्रिभुवन विमानस्थलबाट बिदाई गरेका हुन् ।
अन्तिम टोलीमा यात्रा गर्ने १ सय १३ जनालाई बिदाई गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । यसवर्ष नेपालका लागी छुट्याएको ५ सय ५५ मध्ये शुक्रावर अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । हज यात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताए ।
हज यात्रीलाई बिदाइ गर्न नेपाली काङ्ग्रेसका सह महामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पनि अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित थिए । असार ६ मा पहिलो टोली मक्कामदिना तर्फ प्रस्थान गरेको थियो । हज यात्री हरु ३४ दिनपछि नेपाल फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण