नवलपरासीका सबै स्थानीय तहले ल्याए बजेट, कुन पालिकाको कति ?
नवलपरासी जिल्लामा सवै स्थानीय तहले बजेट ल्याएका छन् । जस अनुसार रामग्राम नगरपालिकाको कुल बजेट १ अर्ब १९ करोड, ३७ लाख ७३ हजार ४ सय रुपैयाँ प्रस्तुत भएको छ भने सुस्ता गाउँपालिकामा पनि कुल कुल बजेट ५३ करोड २९ लाख ७३ हजारको बजेट प्रस्तुत भएको छ ।
यस्तै सरावल गाउँपालिकामा पनि कुल बजेट ५६ करोड ८७ लाख १३ हजार बजेट प्रस्तुत भएको छ, जसमा चालू तर्फ ३३ करोड ८९ लाख ३ हजार ३ सय ९४ रुपैया र पूँजीगत तर्फ २२ करोड ९८ लाख ९ हजार ६ सय ६ रुपैयाँ रहेको छ ।
सुनवल नगरपालिकाको कुल बजेट ९६ करोड, ३९ लाख, २६ हजार छ, जसमा चालु खर्च तर्फ ४१ करोड ८५ लाख ६९ हजार अर्थात् ४३.४२ प्रतिशत र पूँजीगत खर्च तर्फ ५४ करोड ५३ लाख ५७ हजार अर्थात् ५६.५८ प्रतिशत बजेट विनियोजन भएको छ ।
पाल्हीनन्दन गाउँपालिकाको कुल बजेट ५६ करोड १० लाख ८६ हजार प्रस्तुत भएको छ ।
बर्दघाट नगरपालिकाले पनि ९१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । आन्तरिक आय तर्फ १४ करोड ४० लाख ५८ हजार, नेपाल सरकारबाट प्राप्त अनुदान ६६ करोड, ९३ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान ९६ लाख ६४ हजार २ सय रुपैया रहेको छ ।
प्रतावपुरको बजेट ६७ करोड ७२ लाख रहेकोछ । बजेटमा विशेष अनुदान बाहेक ३८ करोड ८२ लाख रहेको लाख रहेको छ। जसमा चालू १८ करोड र पुँजीगत तफ २० करोड रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण