सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठले उम्मेदवारी दिने
सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा विजय श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । अघिल्लो पटक झिनो मतान्तरले पराजित श्रेष्ठले लोकतान्त्रिक प्यानलबाट उम्मेदवारी दिन लागेका हुन् ।
आइतबार हुने उम्मेदवारी मनोनयनमा लोकतान्त्रिक प्यानलबाट उनको नाम सर्वसम्मत भएको हो । यसअघि श्रेष्ठ वामपन्थी प्यानलका गिरिधारी सापकोटासँग पराजित भएका थिए ।
उद्योग वाणिज्य संघका सदस्य हुँदै उद्योग सचीव, महासचिव र दुई कार्यकाल उपाध्यक्षको अनुभव सङ्गालेका उनी अध्यक्ष भएर सफल कार्यकाल चलाउने योजनामा छन् ।
धरानको बजारमा कमजोर बन्दै गएको व्यापार र व्यवसायीक चहलपहललाई पुनर्जीवन दिने उनले बताए । आफु विजयी भएमा विगतमा नेतृत्वबाट भएका गल्तीलाई सच्याउने र नयाँ योजनाको साथ काम गर्ने उनले प्रष्ट पारे ।
धरानको पुरानो आकर्षणलाई पुनः त्यही अवस्थामा ल्याउन नयाँ व्यवसायीक योजना, नीतिको आवश्यकता परेको श्रेष्ठको बुझाई छ । परम्परागत व्यापार व्यवसायमा आधुनिकता भरेर धरानलाई ब्यापारिक पर्यटकीय शहरको रुपमा विकास गर्ने उनको योजना छ ।
२० गते हुने निर्वाचनको लागि २९७७ जनाले मतदान गर्ने भएका छन् । जसमा वाणिज्य तर्फ सबै भन्दा बढी १८५८, उद्योगतर्फ १००३, वस्तुगत १८ र एसोसिएटतर्फ ९८ मतदाता रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण