पत्रपत्रिका
८ जनामा कालज्वरको सङ्क्रमण, एक जनाको मृत्यु
सोमबार, १३ असार २०७९, ०६ : १२
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीका ८ जनामा कालज्वरको सङ्क्रमण देखिएको छ भने तीमध्ये एक जनाको मृत्युसमेत भइसकेको छ।
स्वास्थ्य कार्यालय बैतडीका अनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका २, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकाका एक/एक जनामा कालज्वर देखिएको छ। स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले काल ज्वर देखिएकामध्ये शिवनाथका एकजनाको ३ वर्षीय बालकको केही महिना अघि मृत्यु भएको बताए। आठ जनामा काल ज्वर पुष्टि भएपछि नेपाल सरकारको नीतिअनुसार सम्पर्कमा रहेकाहरूको परीक्षण गर्ने कार्य भइरहेको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए। आजको नेपाल समाचारपत्र समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण