काठमाडौंमा १२ जनामा हैजा
संघीय राजधानी काठमाडौंमा हैजा भेटिका १२ मध्ये आठ जना निको भएर घर फर्केका छन् । अन्य चार शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बयोधा अस्पतालमा उपचाररत छन् ।यसअघि, गत ५ असारमा पहिलोपटक बागबजारका दुई युवतीमा हैजा पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म १२ जनामा हैजा पुष्टि भइसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंह बताउँछन् ।
प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा हैजाबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको जानकारी गराएका छन् ।
उनका अनुसार धारापानी, जार, टु्युबेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको छ । बागबजारको खानेपानी प्रदूषित रहेकोसमेत डा। दासले सुनाए । ‘ललितपुर सानेपामा परीक्षणक्रममा ६२ प्रतिशत प्रदूषित भेटिएको छ,’ उनले भने, ‘पानी कसरी प्रदूषित भयो भन्ने अध्ययनका लागि सबै ठाउँको नमूना संकलन गरिरहेका छौं ।’
हैजा सम्भावित रोकथाम र नियन्त्रणका लागि अस्पताललाई तयारी अवस्थामा राखिएकोसमेत डा। दासले दिएका छन् । महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको हो ।
त्यस्तै, बूढानीलकण्ठ नगरपालिकाले गरेको पानी परीक्षणमा ७२ प्रतिशत प्रदूषित र जारको पानी १५ प्रतिशत प्रदूषित भेटिएको छ । उसले जार, ढुंगेधारा, बोरिङको पानी परीक्षण गरेको थियो ।
यता, काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पनि विभिन्न ठाउँको १० वटा खानेपानीको नमुना परीक्षण गरिरहेको जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण