र्यापर सिद्धु मुसेवालाको हत्यापछि अपलोड गरिएको गीत युट्युबले हटायो
युट्युवले र्‍यापर सिद्धु मुसेवालाको हत्यापछि अपलोड गरिएको एक म्युजिक भिडियो हटाएको छ । सरकारको अनुरोधमा उक्त भाइरल भिडियो हटाएको युट्युबले खुलाएको छ । ‘एसवाइएल’ शीर्षकको गीतले सतलेज–युमुना लिंक नहरको चर्चा गरेको छ । यो नहर लामो समयदेखि मुसेवालाको गृह राज्य पन्जाब र छिमेकी हरयाणाबीचको विवादको केन्द्रमा रहँदै आएको छ ।
गीत मुसेवालाको मृत्युपछि बिहिबार युट्युबमा अपलोड गरिएको थियो ।
गीतले सन् १९८४ मा शिख समुदायमाथि निशाना बनाएर भएको हिंसात्मक दंगा र त्यही वर्ष भारतीय सेना शिखहरुको धार्मिकस्थलमा प्रवेश गरेकोजस्तो संवेदनशिल विषय पनि उठाएको छ ।
आइतबार युट्युबबाट हटाउनुअघि भिडियोमा ३० मिलियन(३ करोड) भ्यु आइसकेको थियो ।
गीतको लिंक खोल्दा ‘यो सामाग्री सरकारबाट आएको कानुनी अनुरोधपछि यो देशको डोमनमा उपलब्ध हुने छैन,’ लेखिएको सन्देश देखिन्छ । गीत भारतबाहेक अन्य देशबाट भने हेर्न मिल्छ । इन्टरनेट अधिकारकर्मी र मुसेवालाको परिवारले सरकारको निर्णयको विरोध गरेका छन् ।
‘सरकारले कहिले गीतविरुद्ध उजुरु गर्यो भन्ने केही जानकारी नै भएन । एक्कासी गीत हटिसकेपछि मात्र मानिसले यसबारेमा थाहा पाए । यो हाई–प्रोफाईल घटना भएकाले बाहिर प्रकाशमा आयो, अधिकाशं अवस्थामा प्रयोगकर्ताले उनीहरुविरुद्ध कदम उठाएको थाहा समेत पाउँदैनन्,’ इन्टरनेट फ्रिडम फाउण्डेसनका नीति निर्देशक प्रतीक बाघ्रेले भने ।
भारतीय इन्टरनेटमा ‘विरोधी आवाज’ निरन्तर खुम्चदै गएको प्रतीकले बताए ।
वास्तविक नाम शुभदिप सिंह सिद्धु रहेका मुसेवाला गत महिना मारिएका थिए । २८ वर्षे र्‍यापर भारत र पन्जाबी डायस्पोराको बाक्लो उपस्थिति रहेको क्यानडा र बेलायतमा लोकप्रिय थिए ।
मुसेवालाको हत्याको अनुसन्धानका लागि प्रहरीले गत साता तीन व्यक्तिलाई पक्राउ गरेको छ ।
मिडिया रिपोर्टका अनुसार पक्राउ परेका व्यक्तिहरुले क्यानडामा बस्ने ग्याङ्स्टर गोल्डी ब्रार र हाल भारतको जेलमा रहेका ब्रारका सहकर्मी लरेन्स बिश्नोईको निर्देशनमा मुसेवालालाई मारेको आशंका गरिएको छ ।
मुसेवालको हत्यापछि भारतको उत्तरी राज्य पन्जाब राज्यमा व्याप्त संगठित अपराधमाथि वहस सुरु भएको छ ।
अफगानिस्तान र पाकिस्तानबाट भारत आउने ड्रग्सको रुट पर्ने भएकाले पन्जाबमा आपराधिक समूहको सक्रियता बढेको विज्ञले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण