विश्वविद्यालयबाट निस्कासन गरेको झोँकमा प्राध्यापकको हत्या
इराककको उत्तरी इरबिल प्रान्तमा विश्वविद्यालयका दुई प्राध्यापकहरूलाई एक पूर्व विद्यार्थीले हत्या गरेका छन् । विश्वविद्यालयबाट हटाइएका ती विद्यार्थीले गोली चलाएर गुरुहरूको हत्या गरेको उक्त प्रान्तका गभर्नरले बताएका छन् ।
पीडित मध्ये एक जना डीन रहेको बताइएको छ । डीनको शरिरका विभिन्न पाँच स्थानमा गोली लागेको छ । पीडितसँग ती विद्यार्थीले इन्जिनियरिङका अर्का प्राध्यापकलाई पनि गोली हानेका थिए ।
आक्रमणकारी सोरन युनिभर्सिटीका पूर्व विद्यार्थी हुन् । उनलाई केही समयअघि विश्वविद्यालयबाट निस्काशन गरिएको थियो । इराकमा पछिल्ला वर्षहरूमा धेरै सशस्त्र आक्रमणहरू भएका छन् । केही महिनाअघि इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीमाथि ड्रोन हमला भएको थियो ।
अमेरिकाले प्रधानमन्त्री काधिमीमाथि भएको ड्रोन आक्रमणलाई ‘आतंकवादको स्पष्ट कार्य’ भनेको थियो । बगदादको ग्रीन जोनमा रहेको प्रधानमन्त्रीको उच्च सुरक्षा निवासमा आक्रमण भएको थियो ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
-
पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण